काठमाडौं । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरेको १५औँ केन्द्रीय महाधिवेशन केही दिन पछाडि सार्ने तयारी गरेको छ।
अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा विपद् निम्तिएको र केही जिल्लामा अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले महाधिवेशनको मिति प्रभावित हुन लागेको हो। यसबारे आवश्यक निर्णय गर्न कांग्रेसले मंगलबार बैठक बोलाएको छ।
महाधिवेशन तीन दिनदेखि एक सातासम्म पछाडि सर्न सक्ने नेताहरूले बताएका छन्। अन्तिम निर्णय मंगलबार बिहान बस्ने बैठकले गर्नेछ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया