काठमाडौं । घरमै सुतिरहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर आपत्ति जनाएको छ।
असोज १० गते राति नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीशलाई करिब १० घण्टापछि परिवारको जिम्मा लगाइएको सर्वोच्चले जनाएको छ। अदालतले व्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न कानुनले तोकेको उचित प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएको छ।
सर्वोच्चले पूर्व तथा बहालवाला न्यायाधीश र न्यायिक जनशक्तिप्रति राज्यका निकायको व्यवहार संवेदनशील हुनुपर्ने बताउँदै न्यायपालिकाका कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभाव स्वीकार नगर्ने स्पष्ट पारेको छ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया