काठमाडौँ । गृह मन्त्रालयले प्रशासन सेवाका एक सय जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। मन्त्रालयको असोज १२ गतेको निर्णयअनुसार नायब सुब्बा वा सोसरहका कर्मचारीसहित विभिन्न तहका जनशक्तिको सरुवा तथा पदस्थापन गरिएको हो।

मन्त्रालयका अनुसार सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सोसरहका कर्मचारी रहेका छन्। उनीहरूलाई सेवा प्रवाहको आवश्यकता र औचित्यका आधारमा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयलगायतका संवेदनशील निकायहरूमा हेरफेर गरिएको छ।

यसपटक सरुवा गरिएका अधिकांश कर्मचारीहरूको एउटै जिल्लाभित्र रहेका विभिन्न सरकारी कार्यालयहरूमा कार्यक्षेत्र परिवर्तन गरिएको छ। गृह मन्त्रालयले सरुवामा परेका सम्पूर्ण कर्मचारीहरूको नाम, साविकको कार्यरत कार्यालय र सरुवा भई जाने कार्यालयको विवरणसहितको नामावलीसमेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com