काठमाडाैं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ८०० रुपैयाँले बढेर दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार












प्रतिक्रिया