काठमाडौं । सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार प्रदेश सचिव जीवलाल भुसाललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ। रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका र तीर्थराज राईलाई आदिवासी जनजाति आयोगमा पठाइएको छ।

त्यस्तै, भूपेन्द्र थापालाई लगानी बोर्डमा, डा. पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकामा र बेदप्रसाद खरेललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ।

चिरञ्जीवी पौडेल राष्ट्रिय दलित आयोगमा, रामबन्धु सुवेदी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र उदयबहादुर राना मगर रक्षा मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै होमनाथ पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। आनन्द सारु र मेखबहादुर मंग्रातीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

सुरेन्द्र पौड्याललाई राष्ट्रिय समावेशी आयोगमा, कृष्णबहादुर शाही र विष्णुप्रसाद ज्ञवालीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

नमराज घिमिरेलाई उद्योग मन्त्रालय तथा युवराज अधिकारीलाई मुस्लिम आयोगमा सरुवा गरिएको छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com