काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार पनि सुनको मूल्य तोलामा २ लाख ९३ हजार ३०० रुपैयाँ नै थियो ।
चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया