विराटचोक । पीएलओ (PLO) ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिएका सबै प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गरेको छ।

त्यस्तै, कम्पनीले प्रस्ताव गरेको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, प्रस्तावित बजेट, सञ्चालक समितिको भत्ता तथा प्रबन्ध निर्देशकसहित सञ्चालकहरूको पारिश्रमिकसम्बन्धी प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ।

सभाले नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयनसम्बन्धी प्रस्तावसहित विविध प्रस्ताव पनि पारित गरेको छ।

बुक बिल्डिङबाट आईपीओको तयारी

पीएलओले पूँजी बजारमा प्रवेश गर्ने तयारीलाई समेत अघि बढाएको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न पीएलओसँग सम्झौता भइसकेको छ। कम्पनीले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याएको छ।

लुब्रिकेन्ट उत्पादन तथा बजार विस्तारमा सक्रिय कम्पनीले पीएलओ लुब्रिकेन्ट्स ब्रान्डमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। साधारणसभाबाट पूँजी विस्तार र आईपीओ निष्कासनसम्बन्धी तयारी अघि बढेसँगै कम्पनीको आगामी व्यवसाय विस्तारको बाटो थप स्पष्ट भएको छ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com