निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा देखिएका प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम र बोलपत्र पेस गर्दा हुने झन्झट तत्काल समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ।नेपाल
महासङ्घले ई–जीपी प्रणालीमा समस्या आए खरिद प्रक्रिया अवरुद्ध नहोस् भनेर वैकल्पिक व्यवस्था गर्न, आवश्यक परे हार्डकपी र विद्युतीय माध्यम दुवैबाट बोलपत्र पेस गर्ने व्यवस्था मिलाउन तथा नयाँ बोलपत्रको म्याद थप गर्न माग गरेको छ। पीपीएमओले भने आवश्यक प्राविधिक तथा सुरक्षा सुधारसहित ई–जीपीको ‘भर्सन–२’ विकास भइरहेको जनाएको छ।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया