काठमाडौं। आकर्षक तलबमा विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गिरिस विलास जोशी र निलकण्ठ खनाल रहेका छन्। जोशीले ग्रिस पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ तथा खनालले क्रोएशिया पठाइदिने भन्दै तीन जनाबाट ९ लाख ५० हजार रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा दुवै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया