काठमाडौं । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन्।

प्रहरीका अनुसार करेन्ट लागेर ३९ जना र पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। यस अवधिमा ११२ वटा आगलागी, १०७ वटा करेन्ट, ३७ वटा डुबान तथा १२ वटा बाढीका घटना भएका छन्। विपद्बाट करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com