काठमाडौं । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन्।
प्रहरीका अनुसार करेन्ट लागेर ३९ जना र पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। यस अवधिमा ११२ वटा आगलागी, १०७ वटा करेन्ट, ३७ वटा डुबान तथा १२ वटा बाढीका घटना भएका छन्। विपद्बाट करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया