काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेसको विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्याइए आफूले उपसभापति पदमा उम्मेदवारी दिने आङ्देम्बेले बताएका हुन्।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा समितिले एक वरिष्ठ र एक महिला उपसभापति थप गर्ने निर्णय गरेको छ। यो व्यवस्था कार्यान्वयन भए कांग्रेसमा उपसभापतिको संख्या चार पुग्नेछ।
पार्टीको १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने तयारी भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीसम्बन्धी तयारी सार्वजनिक भएको हो।
‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ आङ्देम्बे निकट स्रोतले भन्यो।
आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारीमा छन्।
विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनबाट पारित भएमा नयाँ संरचनाअनुसार पदाधिकारी चयनका लागि आङ्देम्बेले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया