काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन्। कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै त्यसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनले बताए।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले आफू सत्तापक्षमा रहे पनि मञ्चमा एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै व्यंग्य गरे। उनले नयाँ पुस्ताको चाहना र परिवर्तनलाई राजनीतिक दलहरूले सम्बोधन गर्नुपर्ने बताए।

लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्दै काम गर्न नसके जनताले निर्वाचनमार्फत आफूहरूलाई हटाउन सक्ने बताए। उनले लोकतन्त्रको रक्षा कुनै एक दलको जिम्मेवारी नभएको र राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com