काठमाडौं । पूर्वमन्त्री तथा विभिन्न राजनीतिक दलमा सक्रिय रहँदै आएका नेताहरू सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय, अरुणकुमार सुबेदी र सर्वेन्द्रनाथ शुक्ललगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन्।
अभियानको औपचारिक घोषणा भोलि असोज १९ गते सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने स्रोतले जनाएको छ।
कार्यक्रममा सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय, अरुणकुमार सुबेदी, सर्वेन्द्रनाथ शुक्ललगायत अन्य केहि वरिष्ठ पत्रकारहरुको समेत सहभागी रहनेछ।
अभियानले सांस्कृतिक राष्ट्रवादलाई आधार बनाउँदै समाजवादलाई अस्वीकार गरी उदार अर्थतन्त्रको पक्षपोषण गर्ने तथा ‘राष्ट्र प्रथम’ अर्थात् राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गर्ने अवधारणालाई आफ्नो प्रमुख राजनीतिक दृष्टिकोणका रूपमा अघि सारेको जनाइएको छ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार











प्रतिक्रिया