काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहका मुख्य सल्लाहकार कुमार बेनबीच भेटवार्ता भएको छ।

मंगलबार बेन रास्वपा सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका हुन्। भेटमा समसामयिक राजनीति, सरकार–पार्टी समन्वय तथा रास्वपाको रिक्त पदाधिकारी मनोनयनबारे छलफल भएको बताइएको छ।

रास्वपाभित्र उपसभापतिमा कुमार बेन र महामन्त्रीमा पूर्वमन्त्री सुनिल लम्साललाई मनोनयन गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।

रास्वपाको विधानअनुसार सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट १ उपसभापति, १ महामन्त्रीसहित १२ जना पदाधिकारी मनोनयन गर्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com