काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला शर्माले वारेसमार्फत वरिष्ठ उपसभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
शर्माको तर्फबाट पुष्पराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो। सोही व्यवस्थाअनुसार शर्माले उक्त पदमा उम्मेदवारी दिएका हुन्।
गत विशेष महाधिवेशनबाट शर्मा कांग्रेसको उपसभापतिमा निर्वाचित भएका थिए। अब उनी वरिष्ठ उपसभापति पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार












प्रतिक्रिया