काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार थुनछेक बहसपछि प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रसाईंलाई २ लाख रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश भएको हो।
जेन्जी आन्दोलनमा शहीद भएका युवाकी आमाको किटानी जाहेरीका आधारमा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम मुद्दा दायर गरिएको थियो।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार












प्रतिक्रिया