काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

पर्सा जिल्ला अदालतमा मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश देवीकुमारी चौधरीको इजलासले शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाएपछि शर्मा रिहा भएका छन्।

शर्माविरुद्ध फौजदारी मुद्दा असोज १ गते दर्ता भएको थियो। त्यसपछि अदालतले असोज २ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर, पक्राउ अनुमति जारी भएपछि पनि केही समय उनी बैंकको काममा संलग्न रहेका थिए।

पछि फोर्स लिभ लिएर पर्सा पुगेका शर्माले अदालतमा उपस्थित भई आत्मसमर्पण गरेका थिए। आत्मसमर्पणपछि मंगलबार अदालतमा थुनछेक बहस भएको हो।

अदालतको आदेशसँगै शर्मा अब बाहिर बसेर मुद्दाको कानुनी प्रक्रिया सामना गर्ने भएका छन्।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com