काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन डा. मन्त्री महावीर पुनले अध्यादेश ल्याउन नसकेपछि मात्रै म्याग्दीबाट चुनाव लडेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने र विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि ल्याउन खोजिएका अध्यादेश जारी गर्न नसकेपछि आफूले म्याग्दीबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन्।

उनले गत माघ ४ गते बेलुकीसम्म आफू मन्त्री हुँदा विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने उद्देश्यले ल्याउन खोजिएको विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश जारी गर्न सफल भएको भए आफू म्याग्दीबाट चुनाव नलड्ने जिकिर गरे।

‘विश्वास गर्नुस् या नगर्नुस्, गत माघ महिनाको ४ गते बेलुकीसम्म त्यतिबेलाको म मन्त्रीले ल्याउन खोजेको विश्वविद्यालयमा भइरहेको राजनीतिकरण कम गर्ने विश्वविद्यालय ऐनको अध्यादेश र देशमा विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने ऐनको अध्यादेश ल्याउन सफल भएको भए म म्याग्दीबाट जसले जे जति फर्काइ–फुल्याइ गरे पनि चुनाव लड्ने नै थिइनँ,’ पुनले भने।

उनले आफू अध्यादेश ल्याउन नसकेपछि म्याग्दी गएर चुनाव लडेको दाबी गरे। चुनाव प्रचारका क्रममा पनि आफूले यही कुरा बताएको उनको भनाइ छ। ‘अध्यादेश ल्याउन नसकेर म्याग्दी गएर चुनाव लडेको हो। यही कुरा चुनाव प्रचारमा पनि भनेकै हो,’ उनले भने।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com