काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया