काठमाडौं । प्राकृतिक विपद्का कारण अवरुद्ध तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर संवाद भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को बैठकमा बोल्दै उनले तातोपानी नाका सञ्चालनका लागि नेपालतर्फ कुनै समस्या नरहेको बताए।

उनका अनुसार नेपालतर्फको सडक सञ्चालनमा आइसके पनि चिनियाँ पक्ष भने अझै पूर्ण रूपमा तयार भएको छैन। ‘हाम्रा लागि नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन, हामी तयार नै छौँ,’ उनले भने, ‘चिनियाँ पक्षसँग नियमित संवादमा छौँ।’

मन्त्री लम्सालले रसुवागढी नाका पनि छिटो सञ्चालनमा ल्याउन सरकारले सडक पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाएको जानकारी दिए। ठूलो प्राकृतिक विपद्का कारण केही प्राविधिक समस्या देखिए पनि आवश्यक पूर्वाधार निर्माणको ठोस योजना बनाएर सरकार अघि बढेको उनको भनाइ छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com