दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब १० बजे गैरापातुस्थित झोलुङ्गे पुल नजिक सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्दै आएका पप्पु नेपालीका छोरा आयन नेपालीको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि घाइते बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया