काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मंगलबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूबीच मतदानमार्फत नयाँ नेतृत्व चयन गरिनेछ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया