काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नीति तथा कार्यक्रम तय गर्ने मुख्य मानिएको बन्दसत्र सुरु भएको छ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गरी छलफलपछि अनुमोदन गर्ने कार्यसूची रहेको छ। चारवटै प्रतिवेदन पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रियातर्फ अघि बढ्नेछ।

प्रतिवेदन अनुमोदनसँगै महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको प्रक्रिया मात्र बाँकी रहनेछ। निर्वाचन कार्यतालिकाअनुसार नयाँ कार्यसमिति चयनका लागि असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनसँगै महाधिवेशनबाट कुल २४ सदस्यीय पदाधिकारी संरचना निर्वाचित तथा मनोनीत हुने व्यवस्था छ। जसमा एक सभापति, एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्।

कुल २४ पदाधिकारीमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्षलाई निर्वाचित सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ।

त्यसअनुसार महाधिवेशनबाट प्रत्यक्ष मतदानमार्फत सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १० सहमहामन्त्री गरी १९ जना पदाधिकारी निर्वाचित हुनेछन्। बाँकी पाँच पदाधिकारी भने निर्वाचित सभापतिले मनोनीत गर्नेछन्।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com