काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुने भएको छ।
यसअघि बिहीबार नै मतदान गर्ने तयारी भए पनि मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन मिति सारिएको निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि भूगोलअनुसार खुलामञ्च, राष्ट्रियसभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा केन्द्र तोकिएको छ।
कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्की चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया