काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा रूपन्देहीका तत्कालीन कार्यालय प्रमुखसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अनुसन्धानमा परीक्षामा सहभागी नभएका तथा लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई समेत नतिजा हेरफेर गरी लाइसेन्स दिइएको पाइएको अख्तियारले जनाएको छ। सरकारी अभिलेखमा समेत केरमेट तथा हेरफेर गरेको आरोपमा उनीहरूविरुद्ध कैद र जरिवानाको मागदाबी गरिएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com