काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित चपलीबाट २२ केजी सुन बरामद गरेको हो।

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार चपली क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा उक्त सुन बरामद गरिएको हो। सुनसँग सम्बन्धित ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। यद्यपि, पक्राउ परेकाहरूको पहिचान र संलग्नताको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार सुनसम्बन्धी सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि विशेष अपरेसन सञ्चालन गरेको थियो।

बरामद सुन, पक्राउ परेका व्यक्ति तथा घटनाको विस्तृत विवरण सार्वजनिक गर्न प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

पत्रकार सम्मेलनमार्फत प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण तथा घटनासँग जोडिएका अन्य पक्षबारे जानकारी दिने तयारी गरेको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com