काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संस्थागत रूपमा कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रहरीको नेतृत्वमाथि सत्तारूढ दलका सांसदले निराधार आरोप लगाउँदा गृहमन्त्री र पार्टी सभापति मौन बसेको टिप्पणी गरेका छन्।

खनालले ३० वर्षसम्म सेवा गरेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) माथि गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधिरहेको आरोपसमेत लगाएका छन्।

प्रहरी संगठनमाथिको यस्तो व्यवहारलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै उनले यसले मुलुकलाई संस्थागत शून्यतातर्फ धकेल्ने बताएका छन्। संस्थागत चरित्र व्यक्तिगत सनकको सिकार भइरहेको उनको टिप्पणी छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com