काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ। अब मतदान साँझ ७ बजेसम्म हुनेछ।
यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको समय बढाएर ७ बजेसम्म पुर्याइएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्। मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेपछि समय थप गरिएको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयनका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो।
निर्वाचन समितिका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म ३ हजार ७५४ मत खसेको थियो।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया