काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन्। उनी दिउँसो २ बजे सानेपा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग अनौपचारिक कुराकानी गर्नेछन्।

थापा शुक्रबार राति सम्पन्न मतगणनाबाट सभापतिमा निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए।

केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com