काठमाडौं । चुमनब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढी बिहान ७ः३० बजे सोती बजार आइपुगेको छ ।

बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरु बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बाढीले दोभानको बेलिब्रिज पनि बगाएको छ । धार्चे गााउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरु बाढीले बगाएको छ ।

गोरखाको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com