काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमारात क्रिकेट मैदानमा नेपालले क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनायो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा कप्तान रोहितकुमार पौडेलले १२७ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाए।

नेपालको सुरुवात कमजोर रह्यो। आसिफ शेख ४ र ईशान पाण्डे शून्य रनमा आउट भए भने अर्जुन कुमालले २३ रन जोडे। रोहितलाई साथ दिएका बसिर अहमदले ३० रन बनाए।

अन्तिमतिर गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। क्यानडाका अखिल कुमारले ४ विकेट लिए भने सुखजिन्दर सिंहले ३ र जाहिद शिर्जादले २ विकेट लिए।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडाले जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com