काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भयो। नेपालका पूर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेले भने गुलशन झाले ४८ रन बनाए।
बलिङतर्फ नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई विकेट लिए।
नेपालले सिरिजको अर्को खेल मंगलबार आयोजक ओमानसँग खेल्नेछ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया