भरतपुर । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सोमबार असोज २६ गते सम्पन्न भएको छ।

कम्पनीको सञ्चालक समितिको ४१ औँ बैठकको निर्णयअनुसार चितवनको भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित होटल पौवामा बिहान ११ः३० बजे सम्पन्न सभाले कम्पनीको पुँजी वृद्धि, १०% बोनश शेयर, आर्थिक प्रतिवेदन तथा सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन लगायतका प्रस्तावहरू पारित गरेको हो।

सभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट वृद्धि गरी ७५ करोड रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव , चुक्ता पूँजीको १०% का दरले बोनश शेयर र बोनश शेयर वितरण पश्चात २०% हकप्रद शेयर निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव , बोनस सेयर वितरणमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साविकको सुर्य किरण फाईबर ईन्डस्ट्रीजले विगत १५ वर्षदेखि

चितवनको भरतपुरमा सञ्चालनमा रहेको भगवती कम्पोजिट इण्डष्ट्रिजले आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरका, दिगो तथा प्रविधिमैत्री औद्योगिक उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले डब्लुपीसी (WPC) ढोका तथा फ्रेम, पार्टिसन बोर्ड, वाल क्ल्याडिङ, पानी, किरा तथा चिसो प्रतिरोधी वाल प्यानल लगायतका सामग्री उत्पादन गर्दै आएको छ। त्यस्तै, कम्पनीको भगवती फाइबर डिभिजन अन्तर्गत विभिन्न प्रकारका फाइबर सिट, म्यानहोल कभर,बाथ टब, स्लाइड तथा झ्याल–ढोकाका फ्रेमहरू उत्पादन हुँदै आएका छन्।

साधारणसभाबाट पारित प्रस्तावअनुसार आवश्यक कानुनी प्रक्रिया तथा नियामकीय स्वीकृति पूरा गरी आईपीओ निष्कासन प्रक्रिया अघि बढाइनेछ।

कम्पनीले औद्योगिक उत्पादनको विस्तार, आधुनिक प्रविधिको उपयोग र पुँजी बजारमार्फत लगानीका अवसर सिर्जना गर्ने योजनासहित आफ्नो व्यावसायिक यात्रालाई अगाडि बढाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com