नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कुल बसको ठक्करबाट गैँडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गिरीले बताए।
- रासस
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया