काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो प्रकरणमा संसद्बाटै छानबिन हुनुपर्ने माग गरेकी छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले उक्त प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै राजनीतिक दलको आन्तरिक छानबिनमा मात्र सीमित नराखी संसद्ले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् ।

उनले सम्बन्धित व्यक्ति दोषी ठहरिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनुपर्नेमा जोड दिइन् ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो मर्यादा, आचरण र जवाफदेहितालाई ख्याल गर्दै जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने अर्यालको भनाइ छ ।

शक्तिको दुरुपयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई पनि नभएको उल्लेख गर्दै उनले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो व्यवहार र आचरणमा विशेष सावधानी अपनाउनुपर्ने बताइन् ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com