काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्न ल्याइएका दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले राष्ट्रपति पौडेलबाट दुवै अध्यादेश जारी भएको जानकारी दिएका छन्।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया