काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा नेपालमा हालै आएको बाढीलगायतका विषयमा छलफल भएको बताइएको छ।

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किने तयारीमा रहेका गृहमन्त्री गुरुङ र विदेशमन्त्री जयशंकरबीच छोटो भेट भएको हो।

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री गुरुङसँग भेट भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो।’

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ सोमबार भारत पुगेका थिए। बैठक बुधबार सम्पन्न भएको थियो। त्यसक्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए।

गृहमन्त्री गुरुङ बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com