काठमाडौं। ठगी तथा बैंकिङ कसुरका विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी ४२ वर्षीया नितु ठाकुर पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीमाथि ठगीसम्बन्धी मुद्दामा १५ लाख ७० हजार रुपैयाँ, काठमाडौंमा बैंकिङ कसुरसम्बन्धी मुद्दामा ४२ लाख रुपैयाँ र नयाँ बानेश्वरमा ३१ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार












प्रतिक्रिया