काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै सहमहामन्त्री पद सुरक्षित गरेका हुन्।
उक्त निर्वाचनमा स्नेहीका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया