काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने सर्वसाधारणको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गते बिहीबारसम्म साढे दुई लाखभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।

उपत्यका ट्राफिक कार्यालयका अनुसार दसैँ मनाउन घर जाने यात्रुको संख्या बढेसँगै कलंकी, कोटेश्वर र बल्खुलगायतका क्षेत्रमा यात्रुको चाप बढेको छ। उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढ्दा विभिन्न राजमार्गमा समेत सवारी चाप देखिएको छ।

दसैँमा यात्रालाई सुरक्षित र सहज बनाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ। चालकका कागजात जाँच गर्ने तथा सवारीसाधनको अवस्था निरीक्षण गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताएका छन्।

प्रहरीका अनुसार यस वर्ष दसैँका लागि करिब १० लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This