काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात र खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु कोच्ने र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न सरकारलाई आग्रह गरेकी हुन्।

‘सरकार ! दसैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका छन्,’ उनले भनेकी छन्, ‘राजमार्गका होटलमा राति बसका यात्रुले चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खाइरहेका छन्।’

बमले यस्ता समस्या समाधान गर्न ३०–३५ वर्ष कुर्नुपर्ने अवस्था नरहेको बताउँदै सरकारले ६ महिनामै पनि सुधारका काम गर्न सक्ने उल्लेख गरेकी छन्।

नागरिकका दैनिक समस्या समाधान गर्ने अपेक्षासहित जनताले मत दिएको बताउँदै उनले सरकारको कार्यसम्पादनमाथि पनि जनताले निगरानी गरिरहेको चेतावनी दिएकी छन्।

‘नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले। अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्।’

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This