काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (थारू) पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले दिएको पछिल्लो विवरणअनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ३१५ मत प्राप्त गरेका छन् । योगेन्द्रले तेजुलालभन्दा ९२३ मत बढी प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । अर्का उम्मेदवार सुरेन्द्र चौधरीले ९४० मत प्राप्त गरेका छन् ।

थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । बाँकी मतगणना सम्पन्न भएपछि मात्रै यस पदमा निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ ।

थारू खुला केन्द्रीय सदस्यमा भोगेन्द्र चौधरी अगाडि

थारू क्लस्टरअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा डा. भोगेन्द्रप्रसाद चौधरीले अग्रता लिएका छन् । उनले २ हजार २९९ मत प्राप्त गरेका छन् ।

उम्मेदवारले प्राप्त गरेको मतका आधारमा वेदनारायण गच्छदार २ हजार १०९ मतसहित दोस्रो स्थानमा छन् । जनकराज चौधरीले २ हजार ६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा साजनकुमार महतो १ हजार ५६७ मतसहित चौथो स्थानमा छन् ।

अन्य उम्मेदवारमध्ये गोपाल पञ्जियार थारूले १ हजार ४६६, रामकृष्ण चौधरीले १ हजार ३८८, छविलाल थारूले १ हजार २३६ र महेशप्रसाद चौधरीले १ हजार १३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राजसमज चौधरीले १ हजार ४१ मत प्राप्त गर्दा प्रभातकुमार चौधरीले ७३६ मत पाएका छन् ।

थारू क्लस्टरको खुला केन्द्रीय सदस्यतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ । जारी मतगणनामा उम्मेदवारहरूबीच प्रतिस्पर्धा रहेकाले अन्तिम परिणामले निर्वाचित हुने चार जनाको टुंगो लगाउनेछ ।

थारू महिला केन्द्रीय सदस्यमा डा. जीवन राना अगाडि

थारू क्लस्टरअन्तर्गत महिला केन्द्रीय सदस्य पदको मतगणनामा डा. जीवन रानाले अग्रता कायम गरेकी छन् । उनले २ हजार ८५७ मत प्राप्त गरेकी छिन् ।

उनलाई डा. प्रमिला कुमारी गच्छदारले पछ्याइरहेकी छिन् । प्रमिलाले २ हजार ५५२ मत प्राप्त गरेकी छन् । यी दुई उम्मेदवारबीच ३०५ मतको अन्तर रहेको छ ।

अन्य उम्मेदवारमध्ये सुनिताकुमारी रानाले ७८३, कल्पना चौधरीले ७४०, नवोदिता चौधरीले ५८८ र सुशीलाल चौधरीले ५२७ मत प्राप्त गरेकी छिन् । त्यस्तै नमिताकुमारी चौधरीले ४७२ मत पाएकी छिन् ।

थारू महिलातर्फ केन्द्रीय सदस्यमा दुई जना निर्वाचित हुनेछन् । हालको मतगणनामा डा. जीवन राना र डा. प्रमिला कुमारी गच्छदार अगाडि देखिएका छन् । यद्यपि, मतगणना जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पद र क्लस्टरको मतगणना जारी रहँदा आजै सबै परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित अगाडि बढेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This