काठमाडौं । पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेका कुमाललाई ठक्कर दिएपछि डिभाइडरमा ठोक्किएको थियो। घाइते दुवैलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार













प्रतिक्रिया