काठमाडौं  । पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेका कुमाललाई ठक्कर दिएपछि डिभाइडरमा ठोक्किएको थियो। घाइते दुवैलाई अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This