काठमाडौं । काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो । बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This