काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल टेलिकमको नयाँ इन्टरनेट प्याकेजबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेपाल टेलिकमले असोज ३० देखि लागू हुने गरी वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको छ।
कम्पनीका अनुसार १००, १५० र २०० एमबीपीएस गतिको इन्टरनेट तथा टेलिफोन सुविधासहितका प्याकेजको वार्षिक शुल्क क्रमशः ११ हजार ४९९, १२ हजार ९९९ र १६ हजार ४९९ रुपैयाँ तोकिएको छ।
नयाँ प्याकेजमा दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क उपलब्ध हुने र जडान शुल्क ५०० रुपैयाँ नलाग्ने टेलिकमले जनाएको छ। यी प्याकेजको अवधि १२ महिना रहनेछ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार प्याकेजमा वाइफाइ ६ सुविधासमेत उपलब्ध छ। यसअघि प्रधानमन्त्री शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका उत्पादनबारे पनि सामाजिक सञ्जालमार्फत प्रचार गरेका थिए।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया