काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार यसबारे जानकारी दिएको हो।
आईसीसीको मान्यतासँगै प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रका अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुन सक्नेछन्। यसले नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया