चितवन । चितवनको राप्ती नगरपालिका–२ स्थित सिमरा चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बस आइतबार अनियन्त्रित भएर सडक छेउको नालीमा पल्टिएको हो।
प्रहरीका अनुसार बा ४ ख ७३९० नम्बरको बस अनियन्त्रित भई नालीमा खस्दा दुर्घटना भएको हो।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाएको जनाएको छ।
दुर्घटना हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २ कार्तिक २०८३, आइतबार











प्रतिक्रिया