सुनसरी। सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका एक युवक सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र नगरपालिका–१०, बकुल्लाचाप निवासी २३ वर्षीय ओसन कोइरालाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोइरालाको शव पोस्टमार्टमका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ कार्तिक २०८३, सोमबार











प्रतिक्रिया